लोभी नजर जताततै जे भेट्यो त्यही समाउने हरेक पल दौडधुप छ कैले होला रमाउने
लोभी नजर जताततै जे भेट्यो त्यही समाउने
हरेक पल दौडधुप छ कैले होला रमाउने
बाचे सम्म तेरो मेरो मरी जादा हात रित्तै
आफ्न मारी आफ्नै लुटी कती सम्म कमाउने
राम्रा काम मेरो मात्रै अपजस अरु को रे
गल्ती जती अरु लाई किन होला थमाउने
को हो सानो को हो ठुलो को बलियो निर्धो को हो
कोही छैन सिधा साधा सबै राज चलाऊने
No comments:
Post a Comment